चर्चामा मन्त्रीहरूको सम्पति विवरण, हर्क साम्पाङको स्टाटसले नयाँ तरङ्ग
थानकोट ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क सम्पाङले मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् ।
सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग राखेका हुन् ।
‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, स्रोत प्रस्टइदिनुपर्छ ।’
सरकारले प्रधानमन्त्री वालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ ।













