चन्द्रागिरि नगरमा २ वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूको सूची माग !

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाभित्र लामो समयदेखि कार्यरत कर्मचारीहरूको विवरण माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । 

कार्यालयका अनुसार काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरूको तथ्यांक अद्यावधिक गर्ने प्रयोजनका लागि आवश्यक विवरण संकलन गर्न लागिएको हो।

सिंहदरबारभित्र कार्यरत करारका कर्मचारीको विवरण समेत कार्यालयले माग गरेको छ ।

पत्रमा तोकिएको मितिभित्रै विवरण उपलब्ध गराउन भनिएको प्रशासनमा खबर छ।

पत्रअनुसार आजै (२०८२/१२/३०) दिउँसो ४ बजेभित्र विवरण पठाउन निर्देशन दिइएको छ।

निर्देशनअनुसार उपलब्ध गराउनुपर्ने विवरणमा सिंहदरबारभित्र कार्यरत करार कर्मचारीहरूको सूची, काठमाडौँ उपत्यकाभित्र ५ वर्षभन्दा बढी अवधिदेखि कार्यरत कर्मचारीहरूको विवरण तथा उपत्यकाभित्र एउटै कार्यालयमा २ वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूको विवरण समावेश गर्न भनिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ