नयाँ साल लागेसँगै चन्द्रागिरि नगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले पठायो नाम

Thankot Times

थानकोट ।

नयाँ साल सुरु भएसँगै चन्द्रागिरि नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत आउने भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबार (चैत्र ३०) को निर्णयअनुसार चन्द्रागिरि नगरमा सोही मन्त्रालयको अतिरिक्त समुहमा रहेका उपसचिव जगदिश चन्द्र नेपाली चन्द्रागिरि आउने भएका हुन् । उनी चन्द्रागिरि नगरपालिकाको नवाैं प्रशासकीय अधिकृत हुनेछन् ।

हाल सुरेन्द्र थापामगर चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् ।

उनी गत वर्ष चैत्र ११ बाट चन्द्रागिरिको कमाण्ड सम्हाल्ने जिम्मेवारीमा थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ