प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट ।

जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब उसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको सेमिफाइनल चरणमा आक्रामक प्रदर्शनसहित एपीएफ क्लबले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेपछि मधेशको फाइनल यात्रा समाप्त भएको हो। उक्त खेलमा एपीएफका ब्याट्सम्यान आशिफ शेख ले कीर्तिमानी दोहोरो शतक प्रहार गर्दै टोलीलाई विशाल योगफलतर्फ अग्रसर गराएका थिए।

एपीएफले प्रस्तुत गरेको ३९१ रनको चुनौती पछ्याएको मधेश प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१६ रन जोड्दै प्रतिस्पर्धात्मक प्रयास गरे पनि जित हासिल गर्न सकेन र ७४ रनले पछि पर्न पुग्यो।

यो नतिजासँगै एपीएफले अर्को चरणको जय ट्रफीमा समेत स्थान पक्का गरेको छ भने प्रतियोगिताको उपाधि भिडन्त सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तय भएको छ।

प्रतियोगिताको इतिहासमा हालसम्म विभागीय टोलीहरूको वर्चस्व रहँदै आएको देखिन्छ। विगतका संस्करणहरूमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको प्रतिस्पर्धा, एपीएफ र आर्मीबीचको उपाधि भिडन्त तथा पुलिस र एपीएफबीचका निर्णायक खेलहरूले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्वरूपलाई स्थापित गर्दै आएका छन्।

यसै सन्दर्भमा यसपटक भने सुदूरपश्चिम प्रदेशले पहिलो पटक फाइनल यात्रा तय गर्दै नयाँ इतिहास रच्ने अवसर प्राप्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ