रास्वपा दक्षिणकाली नगर कमिटि सभापतिमा उमेश आचार्य निर्वाचित
थानकोट ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा उमेश आचार्य निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न सो पार्टीको दक्षिणकाली नगर अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
प्राप्त विवरण अनुसार नगरको उपसभापतिमा गाैतम फुयाल निर्वाचित हुँदा उत्तम केसी सचिव चयन भएका छन् ।
सहसचिवमा राजकुमार केसी चुनिएका छन्।
सदस्यहरूमा क्रमश ललिता तामाङ, इन्द्रकुमारी पाण्डे, तारा विसुङ्खे, विनोद पौडेल, सानुभाइ महर्जन, श्यामहरि कुँवर, सुरेन्द्र खत्री चयन भएको रास्वपाले जनाएको छ ।












