कीर्तिपुरमा करिब ३० तोला सुन चोरी गर्ने योजनाकार चन्द्रागिरिका तामाङ समातिए

Thankot Times

थानकोट ।

कीर्तिपुरको एक घरबाट करिब ३० तोला सुन चोरीमा मुख्य योजनाकार भएको अभियोगमा ५१ वर्षीय सानुकान्छा तामाङ पक्राउ परेका छन् ।श्रावण तेश्रो साता कीर्तिपुरस्थित टुसालका नारायण बस्नेतको घरबाट लुटेरा समूहले करिब ३० तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए ।

कीर्तिपुरको एक घरबाट २९ तोला सुनका गरगहना चोरी

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीमा संलग्न तामाङ चन्द्रागिरि नगरपालिका-१ वाणभञ्याङका स्थायी बासिन्दा हुन् ।

तामाङ २०५४ सालपछि चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । जेल छुटेपछि उनी पटक-पटक डाँका मुद्दामा फरार देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *