‘राैतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्’- माधव नेपाल
थानकोट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट–१ बाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतवार पहिलोपटक पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालयमा उनको कार्यकक्षमा कार्यकर्ताहरूले खादा लगाएर चुनाव जितेकोमा बधाई दिए । कार्यकर्तासँगको भेटघाटका नेपालले अनौपचारिकरूपमा आफ्ना कुरा राखेका थिए । त्यसक्रममा उनले रौतहटबाट चुनाव लड्ने भनेर गरेको निर्णय सही भएको बताएका थिए ।
‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्’, नेपालले भने ।
उनले आफ्नो मात्रै चिन्ता व्यक्त गरेनन् । माओवादी केन्द्रका अध्यक्ष पनि चितवन छाडेर गोरखा जानु सही भएको निष्कर्ष सुनाए । ‘प्रचण्डलाई पनि अप्ठ्यारो पार्ने रहेछन् । गोरखा गएर राम्रो भयो’, नेपालले भने ।













