कर्मचारीसँगको मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम ६-१ पराजित
थानकोट ।
महानगर स्थापना दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६-१ ले पराजित गरेको हो ।
मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा कर्मचारीको टिमबीच प्रतिष्पर्धा भएको हो । महानगर दिवसका अवसरमा काठमाण्डाै महानगरपालिकाले विविध कार्यक्रम आयोजना गरिरहेको छ ।














