चन्द्रागिरि साकोसको २१ औं साधारण सभा पाैष १६ देखी २२ गतेसम्म
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१औं साधारण सभा पाैष १६ देखी २२ गतेसम्म हुने भएको छ ।
संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले पाैष १६ देखी २२ गतेसम्म २१औंं साधारण सभाका लागि मिति तय गरेको बताइएको छ ।
संस्थाले पाैष १६ गते २२ गतेसम्म विभिन्न चार स्थानमा इकाई सभा आयोजना गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । ती इकाई सभाबाट चुनिएका प्रतिनिधिहरूले पाैष २३ गते हुने निर्णय प्रमाणिकरण सभामा उपस्थित भई साधारण सभाले पारित गरेका विषयहरूमा प्रमाणिकरण गर्नुपर्नेछ ।
सो सभा सतुंगलस्थित ह्वाईट दरबार पार्टी प्यालेसमा हुने बताएको छ ।














