अवतार-२ फिल्म हेर्दै गरेका व्यक्तिको हृदयघात भएर मृत्यु

Thankot Times

थानकोट । 

हलिउड चलचित्र अवतार-२ हेरिरहेका एक व्यक्तिको फिल्म हेर्दाहेर्दा हृदयघात भएर मृत्यु भएको छ।

ती मृतकको नाम लक्ष्मीरेड्डी श्रीनू हो। भारतको आन्ध्र प्रदेशका उनी आफ्ना भाइ राजुसँग पेड्डापुरमको एक सिनेमा हलमा अवतार-२ हेर्दै थिए।

फिल्म हेर्दाहेर्दै बीचमै श्रीनू ढलेका थिए। उनलाई तत्कालै पेड्डापुरमको सरकारी अस्पताल लगिएको थियो। तर चिकित्सकले भने उनको बाटो मै मृत्यु भएको पुष्टि गरे।

अवतार हेर्दाहेर्दै मृत्यु भएको यो पहिलो घटना भने होइन। भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार यसअघि सन् २०१० मा पनि अवतारको पहिलो भाग हेर्दाहेर्दै ताइवानमा एक ४२ वर्षीय व्यक्तिको हृदयघातकै कारण मृत्यु भएको थियो।

यता अवतारको दोस्रो भागले पनि मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मको भीएफएक्स र एक्सन कोरियोग्राफीको प्रशंसा भए पनि कथा र पात्र उस्तै-उस्तै भएको तथा पहिलो भागमा जस्तो संवाद बलियो नभएको भन्दै यसको आलोचन समेत भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *