१० दिन नेपालको घुमफिर सकेर स्वदेश फर्के अभिनेता ओबरोय
थानकोट ।
नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओबरोय परिवारसहित स्वदेश फर्केका छन् । उनी शनिबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।
उनले नेपाल बसाईको क्रममा पशुपतिनाथ, चन्द्रागिरीको अवलोकन गरे भने पर्यटकीय पोखराको अवलोकनका साथै जीपलाइन, प्याराग्लाईडिङ, बन्जीजम्प र हट एअर बेलुन लगायतका साहसिक खेलको मज्जा लिएका थिए ।
नेपाल आउने रहर पहिले नै भए पनि समय मिलायर नेपाल आएर घुम्न पाउँदा उनले खुसी व्यक्त गरे । यस्तै उनी गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे ।
उनले प्याराग्लाईडिङको अनुभव लिदैं सोलो उडानका् तालिमका लागि पुनः नेपाल आउन चाहेको समेत बताएका थिए ।














