चन्द्रागिरि नगरपालिकाको विकास निर्माणमा जाइकाको चासो

Thankot Times

थानकोट ।

जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाको टोलीले मंगलबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसँग भेट गरेको छ ।

सो भेटका क्रममा चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र निर्माण तथा पुनर्निर्माण हुन बाँकी रहेका वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयहरुको लागत संकलन गरि निर्माण र व्यवस्थापनमा नगरपालिका र जाइकाको सहकार्यमा हुन सक्ने विषयमा छलफल भएको बताइएको छ ।

सो क्रममा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती कार्यमा सहजीकरण तथा बजेट व्यवस्थापनको लागि विशेष पहल गर्ने निर्णय भएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

छलफलमा जाइकाका, गृह मन्त्रालय अन्तर्गतराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरू, नगरका विभिन्न वडाका वडाध्यक्षहरू तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *