पथिक प्राज्ञ निगम तथा पथिक फाउण्डेशनमा पनि मनाइयो महाशिवरात्रि

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका सतुंगलमा रहेको पथिक फाउण्डेशनमा पनि महाशिवरात्रि पर्व धुमधामका साथ मनाइएको छ । 

फाउण्डेशनले विगत २० वर्षदेखी योग, अध्यात्मक तथा धार्मिक परम्परामा देखा परेका अन्धविश्वास, विकार विकृतिहरूलाई हटाउँदै त्यसका वैज्ञानिक र सवल पक्षलाई अंगिकार गर्दै आफ्ना कार्यक्रम अगाडि बढाउँदै आएको छ । संस्थाले सतुंगलमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, योग् शिक्षा, ध्यान, ज्ञान साधना तथा सत्संगद्वारा मानवीय चेतना जागृत गराउँदै आएको पथिक फाउण्डेशनका अध्यक्ष राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो । 

संस्थाले चितवनस्थित देवघाट, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, दाङ, सुर्खेत तथा बाराको वीरगञ्जमा शाखा स्थापना गरि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, योग् शिक्षा, ध्यान, ज्ञान साधना तथा सत्संगद्वारा मानवीय चेतना जागृत गराउँदै लग्ने योजना बनाइरहेको बताइएको छ ।

हाल संस्थाको धादिङको नाैविसेस्थित कृषि फार्ममा उत्पदान हुने उत्पादनहरू सो फाउण्डेशनमा प्रयोग हुँदै आएको छ । 

महाशिवरात्रिका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रदेश सांसद् रमा आलेमगर, वडाध्यक्ष शिवकुमार महर्जन, नेपाली काँग्रेसका नेता धर्मनन्द श्रेष्ठ, पूर्व सांसद् अञ्जना विशंखे लगायतको उपस्थिति रहेको बताइएको छ । 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *