उपप्रमुख श्रेष्ठलाई चन्द्रागिरि नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उपमेयर बसन्ती श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको छ ।
मेयर गिरी जापान अन्तरार्ष्ट्रिय कर्पोरेसन एजेन्सी (जाइका) को निमन्त्रणामा ‘प्रोजेक्ट फर स्ट्रेन्थिङ डिजेस्टर रिस्क गभर्नेन्स फर रिसेन्लियस इन काठमाडाैं भ्याली’ विषयक कार्यक्रममा सहभागिताका लागि शनिबार जापान प्रस्थान गर्ने कार्यक्रम तय भएपछि आज आइतबारबाट लागु हुने गरी फाल्गुन २८ गते आइतबारसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिनुभएको हो ।
मेयर गिरीले उपमेयर श्रेष्ठलाई स्थानीय सरकार संचालन ऐन, २०६४ को दफा १६ को उपदफा ४ (क) (१२) बमोजिम कार्यवाहक नगर प्रमुख भई नगरपालिकाको दैनिक कार्य संचालन गर्ने जिम्मेवारी दिनुभएको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
फेब्रुअरी २५ बाट मार्च ११ सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि चन्द्रागिरि नगरपालिका पनि छनोट भए अनुसार मेयर घनश्याम गिरीले पनि सो कार्यक्रममा सहभागिता जनाउनुभएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा तथा काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकामा मेयर उपेन्द्र कार्की पनि सोही कार्यक्रममा लागि जापान प्रस्थान गर्नुभएको छ । उक्त कार्यक्रममा नेपालबाट तीनवटा नगरपालिका छनाैट भएका छन् ।













