दहचोकमा जुवातासमा रमाइरहेका ७ जना समातिए
थानकोट ।
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित एक टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभात बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।













