आज दिनभर नैकाप लगायतका क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुने
थानकोट ।
आज दिनभर चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुने भएको छ। बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म चन्द्रागिरि नगरपालिकाको नैकाप क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जानाएको छ ।
प्राधिकरणका अनुसार बलम्बु उपवितरण केन्द्रको थानकोट फिडरको स्युचटार सबस्टेशनमा प्यानल परिवर्तन गर्न यस क्षेत्रको विद्युत प्रसारण विच्छेद हुनेछ । सोही समयमा नैकाप क्षेत्रमा कन्डक्टर अपग्रेडिङको कार्य समेत हुने प्राधिकरण स्रोतले जनायो ।
कार्य निर्धारित समय अगावै सम्पन्न भएमा पूर्वनिर्धारित समयअगावै लाइन सुचारु हुन सक्ने विद्युत प्राधिकरणको कुलेश्वर वितरण केन्द्रले जनाएको छ ।













