सुन तथा चाँदीको भाउमा सामान्य बढोत्तरी

Thankot Times

थानकोट ।

कारोबार हुन साताको पहिलो दिन आज नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७५ रूपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ