सिन्धुलीमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु

Thankot Times

थानकोट । 

सिन्धुलीको फिक्कल गाउँपालिका-४ मा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

अरू केही यात्री घाइते भएका छन् ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक थापाका अनुसार आइतबार बिहान ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी छ ।

बा २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएको र उद्धारकार्य जारी रहेको डीआईजी थापाले जानकारी दिए ।

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी सक्रिय छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ