६६औं राष्ट्रिय सहकारी दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

Thankot Times

थानकोट ।

नेपालमा प्रत्येक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवस आज देशभर विविध कार्यक्रम गरि मनाइँदैछ ।

नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

सहकारीको दिगोपनाः स्वनियमन र सुशासन भन्ने नाराका साथ चन्द्रागिरि नगरपालिकामा पनि यो दिवस आज विविध कार्यक्रमसहित मनाउने तयारी भएको चन्द्रागिरि नगर सहकारी समन्वय समितिले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकामा ६६औं राष्ट्रिय सहकारी दिवस मनाउन ६५ सदस्यीय कमिटि नै गठन गरिएको छ ।

जसअनुसार नगरका सबै सहकारीका प्रतिनिधिहरू बलम्बुस्थित नगरपालिकाको कार्यालयमा भेला भइ बाजागाजा, झाँकी तथा र्यालीसहित सतुंगलस्थित लाक्षी टोलमा पुगी शुभकामना सभामा परिणत हुने चन्द्रागिरि नगर सहकारी समन्वय समिति जनाएको छ ।

र्याली बिहान ७ बजेबाट सुरू हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ