सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन अघिल्लो दिन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।













