तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर कारोबार भएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको थियो ।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी मूल्य पनि प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । गत मंगलबार प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार भएको हो ।














