सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *