थानकोट चेकपोष्टमा बिग मार्टको शाखा विस्तार

Thankot Times

थानकोट ।

घरायसी सामानहरू एकै छानामुनी खरिद गर्न पाइने किनमेल केन्द्र बिग मार्टले थानकोट चेकपोष्टमा पनि शाखा विस्तार गरेको छ।

सन् २००९ मा काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरमा पहिलो बिगमार्ट स्टोर सञ्चालनमा ल्याइएको थियो।

त्यसपछि बिग मार्टले आफ्नो सञ्जाल विस्तार गर्दै गएको छ। हाल बिगमार्टका मुलुकका प्रमुख शहरहरूमा ७२ वटाभन्दा धेरै शाखा रहेका छन्।

असोज २७ गतेबाट सुरु गर्नेगरी बिगमार्टले थानकोट चेकपोष्टस्थित पाउरोटी चोक नजिकै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याउन लागेको हो । जहाँ घरायसी प्रयोजनका सामाग्रीहरू सुपथ मुल्यमा उपलब्ध हुने बिग मार्ट व्यवस्थापनले जनाएको ।

चन्द्रागिरि नगरका चुनदेवी, सतुगंल र तीनथानामा बिगमार्टका शाखा सञ्चालनमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *