रामेछाप विमानस्थलमा एकै विमान कम्पनीका दुई पाइलटबीच मुक्का हानाहान

Thankot Times

थानकोट ।

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ।

आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको रामेछाप विमानस्थल प्रमुख अशोक थापाले जानकारी दिए।

थापाका अनुसार उनीहरुबीच व्यक्तिगत रिसइबीका झगडा भएको थियो। विमानस्थलमै दुई झगडा भएपछि पनि एक जनाले भने विमान लिएर लुक्ला पुगेको र अर्का एक जना रामेछापमै रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्।

उनले यात्रुको सुरक्षाका लागि उनीहरुलाई विमान उडाउन नदिन आफूले विमानस्थल प्रमुखलाई निर्देशन दिएको बताइन्।

यस घटनाका बारेमा नागरिक उड्ययन प्राधिकरणले पनि चासोका साथ छानबिन गर्ने जनाएको छ। नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे सोधपुछ गरिरहेको बताए।

मन्थली विमानस्थलकाे फाइल फाेटाे


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ