तिहारमा काठमाडाैं उपत्यकाबाट एक करोडभन्दा बढीको धनमाल चोरी

Thankot Times

थानकोट ।

यो वर्षको तिहारका समयमा काठमाडौं उपत्यकाका विभिन्न ३७ स्थानमा चोरीका घटना भएको छ ।

काठमाडौंका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

विभिन्न व्यक्तिका घरबाट नगद र धनमाल चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भक्तपुरका सात स्थानबाट ५० लाख ५६ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।

काठमाडौंका २० स्थानबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँबराबरको धनमाल चोरी भएको छ ।

ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० रुपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *