सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ  घटेको हो । 

आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ ।

आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *