करिब १५ करोड लागतमा निर्माण हुँदै दक्षिणकाली नगरको प्रशासनिक भवन
थानकोट ।
दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।
स्थानीय चिन्ता गणेश परिसरमा जिल्ला समन्वय समिति काठमाडाैं र दक्षिणकाली नगरपालिकाको लागत साझेदारी सो भवन बन्न सुरु भएको हो ।
दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि गत पाैष २ गते मेयर मोहन बहादुर बस्नेत र जिसस काठमाडाैं प्रमुख सन्तोष बुढाथोकीबीच सम्झाैता पत्र हस्तान्तरण सम्पन्न भएको बताइएको छ ।
२०८२ असार ७ गतेभित्र निर्माण सम्पन्न हुनेगरी निर्माण सुरु भएको भवनको कुल लागत भ्याटसहित १५ करोड ७७ लाख ९५ हजार १ सय ६२ रूपैयाँ ९८ पैसा रहनेछ ।
भवन निर्माणको जिम्मा लुना विल्डर्स एण्ड कन्ट्राटरले पाएको छ ।














