सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *