यसकारण पठाओ र इनड्राइभ चलाउने ४८ जना राइडर प्रहरी नियन्त्रणमा, केही मोटरसाइकल छाडेर भागे

Thankot Times

थानकोट । 

ट्राफिक प्रहरीले अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।

शनिबार र आइतबार गरेर उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका केही चालकमाथि अभद्र मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी प्रहरीको छ । अफलाइनमार्फत् यात्रुहरुसँग पैसाको बार्गेनिङ गर्ने, हैरानी दिनेलगायतको गुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

केही राइडर भने मोटरसाइकल नै छाडेर भागेका छन् ।

प्रहरी कुल ७५ वटा मोटर साइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *