जुवातास खेलिरहेका दश जना पक्राउ, फेला पर्यो ५५ हजार रूपैयाँ
थानकोट ।
काठमाडाैंमा जुवातास खेलिरहेका दश जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१३ तहाचलस्थित महाराजगन्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटेलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसहित दश जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई गएराति ५५ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।













