मध्यरातमा सिन्धुपाल्चोकमा ५.०रेक्टर स्केलको भूकम्प
थानकोट ।
सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।
यो भूकम्प २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।













