काठमाडाैं जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ
थानकोट ।
जिल्ला अदालत काठमाडाैं परिसरबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् ।
प्रहरीले बुधवार हिजाे बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाण्डाै महानगरपालिका-३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएका बताउनुभयो ।
फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडाैंको टोलीले खोजतलास गरी फेला पारेको हो ।
डलर देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।













