स्राेत नखुलेकाे २ कराेड ३० लाख रुपैयाँसहित काठमाडाैं क्षेत्रपाटीबाट ४ जना पक्राउ

Thankot Times

थानकोट।

राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डाैकाे क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि रकम फेला परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागले जनाएको छ ।

बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ ।

पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ