सञ्चार माध्यमहरूका लागि जनचेतनामूलक प्रचार सामाग्री उपलब्ध गराउँदै बागमती प्रदेश
थानकोट ।
बागमती प्रदेश अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले सञ्चार माध्यमहरूका लागि जनचेतनामूलक प्रचार सामाग्री उपलब्ध गराउने भएको छ।
कार्यालयले गत माघ ३ गते सार्वजनिक सूचना जारी गर्दै सो कार्यालय अन्तर्गत दर्ता भई सञ्चालनमा रहेका रेडियो, अनलाइन तथा टेलिभिजनहरूका लागि जनचेतनामूलक प्रचार सामाग्री उपलब्ध गराउन लागेको जनाएको हो ।
जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, २०८० स्वीकृत भएको मिति २०८०/०९/२५ सम्म बागमती प्रदेश सरकारबाट इजाजत प्राप्त गरी नियमित प्रसारणमा गएका एफ एम रेडियो, केबलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई १५ दिन भित्र आवेदन दिन सूचित गरिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिए ।
सूचना हेराैंः














