मोटरसाइकल दुर्घटनामा परि चिकित्साशास्त्र अध्ययनरत दुई जनाको मृत्यु

Thankot Times

थानकोट ।

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

वीरगन्ज महानगरपालिका-१५ आयुर्वेदिक चोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

आइतबार बिहान करिब साढे ७ बजे प्रदेश २ -०३-०२१-प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनामा धनुषा सबेला नगरपालिका-५ का अन्दाजी २३ वर्षीय सुमित यादव र बारा सुवर्णपुर गाउँपालिकाका सन्दीपकुमार यादवको मृत्‍यु भएको हो। 

घाइते अवस्थामा फेला परेका उनीहरूलाई उपचारको लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको थियो। त्यहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। 

प्रहरीका अनुसार उनीहरू दुबै जना विद्यार्थीहरू हुन्। उनीहरू एनएमसी कलेज वीरगञ्जमा मेडिकल अध्ययनरत थिए।

‘मेडिकल पढ्ने विद्यार्थीहरू हुन्। तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,’ डिएसपी थापाले भने, ‘हेल्मेट पनि लगाएको थिएन।’

उनीहरू कलेजमै होस्टेलमा बस्दै आएका थिए। विद्यार्थीहरू राति कहाँ पुगेर फर्किएका थिए भन्ने खुलिसकेको छैन्। 

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ