लुडो खेलेको आरोपमा ५ जना समातिए, साथमा भेटियो ७२ हजार रुपैयाँ
थानकोट ।
लुडो खेलिरहेका पाँच जना व्यक्ति पोखरामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९ वर्षीय विकास पुन छन् ।
पक्राउ परेका ५ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।













