फागुन १ गतेदेखि सतुगंल-मातातीर्थ-चखेल रुटमा बिहान ७ देखी साँझ ६ बजेसम्म सवारीसाधन निषेध
थानकोट ।
सतुगंल-मातातीर्थ-चखेल सडक खण्डमा भोलि फागुन १ गतेबाट सवारी साधन सञ्चालनमा समयसीमा तोकिएको छ ।
सडकखण्डको मातातीर्थ धारापानी नजिक छेउतर्फ सडकमा पर्खाल लगाउने कार्य जारी रहेकोमा सवारी साधनको चाप बढि हुँदा निर्माण कार्यमा असहजता उत्पन्न भएको भन्दै सवारी साधन सञ्चालनमा समय सीमा तोकिएको हो ।
इन्द्रसरोवर गाउँपालिका ५ का वडाध्यक्ष दुतराज तितुङले सोमबार एक सूचना जारी गर्दै सो सडक खण्डमा बिहान ७ बजेसम्म र साँझ ६ बजेपछि मात्रै सवारी साधन सञ्चालन गर्न पाउने बताए ।
यो क्रम फागुन ७ गतेसम्म जारी रहनेछ।
सूचना हेराैं














