काठमाडाैंको सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजुले गरे आत्महत्या

Thankot Times

थानकोट ।

काठमाडौंको स्वयम्भू नजिकै श्रीमती, एक छोरी र नातिनीको हत्यापछि एक पुरुषले आत्महत्या गरेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान एक महिला र दुई बालिकाको शव फेला परेको केहीपछि नजिकैको जंगलमा एक पुरुष झुन्डिएरको अवस्थामा फेला परेका थिए । 

श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सो घटनामा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र उनीहरूसँगै बस्ने २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

तस्बिरः सामाजिक सञ्जालबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ