सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा छापावाल सुन अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्य प्रति तोला एक लाख ४५ हजार रुपैयाँमाकारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेर एक हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *