बागमती प्रदेशका केही क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरको माैसम अहिले बिहान सामान्य छ । जल तथा माैसम पूर्वानुमान महाखाका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहँदा कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोसी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा छ ।

विभागका अनुुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ