थानकोटमा राति सिमसिमे पानी, कस्तो रहला दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

राति चन्द्रागिरि नगर क्षेत्रम छिटपुट वर्षा भएपनि अहिले बिहान नगर क्षेत्रको माैसम सफा छ ।

जल तथा मौसम विज्ञान विभागले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ ।

बाँकी भू–भागमा स्थानीय, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोसी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी प्रदेशका केही स्थानमा तथा मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति, कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र मधेस प्रदेशलगायतबागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ