चन्द्रागिरि नगर क्षेत्रमा राति हल्का वर्षा हुँदा केही राहत, कस्तो रहला दिनभरको माैसम?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा राति हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
विभागका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ ।
गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।













