चन्द्रागिरि नगर क्षेत्रमा राति हल्का वर्षा, माैसम बिहानैदेखि बदली

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा गए राति वर्षा भएको छ । राति वर्षा भएसँगै चन्द्रागिरि नगर क्षेत्रको तापक्रम केही घटेको छ ।

बिहानैदेखि नगर क्षेत्रको माैसम बदली भइरहेो  छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट काठमाडाैं तर्फ मनसुन अघि बढि रहेको छ ।

राति बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ ।

महाशाखाका अनुसार अहिले देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले पूर्वी नेपालका कतिपय क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

आज मंगलबार राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखा भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ