सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति पुग्यो ?
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
बुधबार सुनको मुल्य तोलामा ४ सय रूपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ ।
यसअघि अघिल्लो कारोबार दिन हिजो मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
चाँदी आज बुधबार प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।













