कतै यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज पनि वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ ।

सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *