मिस माल्टा स्पीटेरी नेपालमा, चन्द्रागिरि लगायतका क्षेत्र भ्रमण गर्ने कार्यक्रम

Thankot Times

थानकोट ।

मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्पीटेरी सम्मिलित टोलीलाई नेपाल पर्यटन बोर्ड, एनआरएनए र पर्यटन प्रवर्धकले परम्परागत पञ्चेबाजा, फूलमाला, नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका छन् ।

पर्यटन बोर्डका कमल सापकोटा, नेपाल सरकारको वेल्सका लागि पर्यटन प्रवर्धक तथा माल्टा नेपाल एसोसियनका उपाध्यक्ष सोम सापकोटा, नेपाल  सरकारका प्रतिनिधि तथा एनआरएनए एनसीसी माल्टा अध्यक्ष रेम्स खनाललगायतले मिस माल्टालाई स्वागत गरेका थिए ।

नेपाल भ्रमणमा रहँदा सो टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सो टोली चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथ लगायत सम्पदाको भ्रमण गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ ।

उनीहरूले नेपालका विद्यालयहरू भ्रमण गर्नेछन् र सहयोग चन्दा प्रदान गर्नेछन्।

साथै भ्रमणका क्रममा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल, चितवन जिल्लाकाे भरतपुर महानगरपालिकका प्रमुख रेणु दाहाल र रत्ननगरका प्रमुख प्रल्हाद सापकोटासँग भेटवार्ता गर्ने छन्

सो टोली भदौ ५ गतेसम्म नेपालमा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *