चन्द्रागिरि नगरक्षेत्रमा वर्षा केही कम भएपनि दिउँसो भारी वर्षा हुने प्रक्षेपण

Thankot Times

थानकोट ।

गए रातिदेखि निरन्तर भइरहेको वर्षा अहिले बिहान केही कम भएको छ ।

यद्यपी जल तथा माैसम पूर्वानुमान महाशाखाले दिउँसो काठमाडाैं उपत्यकामा भारी वर्षा हुने अनुमान गरिएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा मनसुनी प्रणाली थप सक्रिय हुन्छ, र धेरै वर्षा हुन्छ ।

यो रेखा दक्षिणतर्फ रहँदा कम वर्षा हुन्छ ।

तस्बिरः विकास गुभाजू


Leave a Reply

Your email address will not be published. Required fields are marked *