पहिरोले मुग्लिन-मलेखु सडक अवरुद्ध
थानकोट ।
पहिरोका कारण मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई अहिले पन्छाउने कार्य जारी रहेको र केही समय लाग्ने प्रहरीले जनाएको छ ।
तस्बिरः विनोद श्रेष्ठ













