कस्ताे रहला आजको माैसम ?

Thankot Times

थानकाेट ।

चन्द्रागिरिसहित देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *