चन्द्रागिरि क्षेत्रमा बिहान चर्को घाम, दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना
थानकोट ।
चन्द्रागिरि सहित काठमाडाैं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले माैसम सफा छ ।
देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।













